दफा ३७
आयोगको काम तथा जिम्मेवारी
आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) सेवाप्रदायकले उपभोक्तासँग लिन पाउने खानेपानी महसुल तथा सरसफाइ सेवा वा ढल निकास प्रणालीको महसुल तथा सेवा शुल्क निर्धारण गर्ने,

(ख) थोक खानेपानीको खरिद बिक्रीको दर निर्धारण गर्ने,

(ग) ट्याङ्कर वा बोतलबन्दी पानीको अधिकतम बिक्रीदर निर्धारण गर्ने,

(घ) सेवाप्रदायकले महसुल निर्धारणको निमित्त आयोग समक्ष निवेदन दिँदा अपनाउनु पर्ने कार्यविधि स्वीकृत गर्ने,

(ङ) सेवाप्रदायकको वित्तीय र व्यवस्थापन कार्यसम्पादनको तथ्याङ्क सङ्कलन गर्ने,

(च) खानेपानी महसुल तथा सरसफाइ सेवा वा ढल निकास -सेवाको महसुल तथा सेवा शुल्क सम्बन्धी मापदण्ड निर्धारण गर्ने,

(छ) खानेपानी महसुल तथा सरसफाइ सेवा वा ढल निकास सेवाको महसुल तथा सेवा शुल्क सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने,

(ज)- नियम ४५ को उपनियम (२) बमोजिम रकम जम्मा गरेको रसिद वा भौचर आयोगमा पेस गरे नगरेको सम्बन्धमा यकिन गर्ने तथा पेस नगर्ने सेवाप्रदायकको हकमा त्यस्तो रसिद वा भौचर पेस गर्न लगाउने,

(झ) उपभोक्ता र सेवाप्रदायक बीचको महसुल सम्बन्धी गुनासोको उचित व्यवस्थापन र विवाद समाधान गर्ने गराउने,

(ज) खानेपानी सेवा वा सरसफाइ सेवा सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने ।